रोटेपिङ पुगेर गठबन्धनका उम्मेदवारले भने ‘विकासमा विभेद गर्दैनौं’

Post Thumbnail
  • २०७९ कार्तिक १२, शनिबार मा प्रकाशित १ साल अघि
  • १४२ पाठक संख्या

  • काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ कोशिदेखामा लोकतान्त्रिक बाम गठबन्धनले कोणसभा सम्पन्न गरेको छ ।

    आज विहान भएको कोणसभालाई सम्बोधन गर्दै काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का शिव प्रसाद हुमागाईं प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्साल, समानुपातिक उम्मेदवार लक्ष्मी दनुवारले विकास निर्माणमा कुनै विभेद नगर्ने मतदातासँग प्रतिबद्धता जनाएका हुन ।

    कोणसभालाई सम्बोधन गर्दै हुमागाईले कोशीदेखा र सिँगो पाँचखालको विकासलाई कुनै विभेद नगर्ने दाबी गरे ।  ‘हामीलाई विजयी गराउनु होस् । ब्यर्थै जिताएछौँ भन्ने कहिल्यै पार्ने छैनौं । यो हामी गठबन्धन दलको प्रतिबद्धता हो । हामी तपाईहरूसँग नै हुने छौं ।

    उम्मेदवारले मुख्य सडकको कालोपत्रे र सहायक सडकको स्तरोन्नति गर्ने, खानेपानीको उचित ब्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत आयोजनाको मुआब्जामा कोशीदेखालाई उच्च प्राथमिकता दिन पहल गर्ने प्रतिबद्धता जनाए ।

    प्रतिक्रिया दिनुहोस