अघिल्लो निर्वाचनमा विजयी भएपछि एमालेका संघीय सांसद गोकुल बास्कोटाले अब यहाँको लालपुर्जा विवाद सदाका लागि अन्त्य गर्छु, कुनै चिन्ता लिनुपर्दैन भने हामीले गटटट तालि बजायौँ । भुम्लुटारका स्थानीय समेत रहेका माओवादी केन्द्र काभ्रेका जिल्ला कमिटी सदस्य सन्त तामाङले २०७४ सालको कुरा सम्झदै भने ।
‘बास्कोटा सांसद मात्रै भएनन । मन्त्री पनि बने। म बास्कोटा मन्त्री भएपछि बालकोट भेट्न पुगेको थिए । लालपुर्जाको कुरा गरेँ । लालपुर्जा बारीमा मल घोप्ट्याएको होर भन्ने बित्तिकै दिन मिल्ने रु भन्दै जवाफ फर्काए । त्यसपछि मैले विजयी भएपछि भुम्लुटार र फलाँटेका जनताले फुलमाला लगाउँदा मतदाता माझ गरेको कुरा सम्झाएँ । ‘बास्कोटाले यो ५ वर्षमा लालपुर्जा दिलाउन कुनै काम गरेनन् तपाईहरुले लालपुर्जाको लागि पहल गरिदिनुर्यो ।’
उनीहरुको एउटै स्वर थियो ‘हामी लालपुर्जा बिहीन भएर कतिञ्जेल बस्ने ? पहिले पनि जिताएर पठाएको सांसदले कुनै काम गर्नुभएन, तपाईहरुबाट हाम्रो समस्या समाधान हुन्छ भन्ने विश्वास गरि गर्ने ? गठबन्धनका प्रतिनिधि सभा २ का उम्मेदवार शिव प्रसाद हुमागाई र प्रदेश सभा १ क का उम्मेदवार लक्ष्मण लम्सालप्रति शंका गर्दै उनीहरुले कुराहर राखिरहेका थिए ।
प्रतिधिनि सभा २ का उम्मदेवार शिवपसाद हुमागाईले जितेपछि पहिलो प्राथमिकतामा राखेर यी दुई वडाको लालपुर्जा समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘म २०५६ सालको निर्वाचनमा मत माग्न जाँदा तत्कालिन ढुंखर्क गाविसमा पनि यस्तै प्रकृतिको समस्या थियो । तपाईहरुले जस्तै मलाई त्यहाँका मतदाताले पनि प्रश्न राख्नुभएको थियो । मैले अठोट गरेँ, जसरी पनि लालपुर्जा दिलाउँछु भनेर । मैले लालपुर्जा दिलाई छाडेँ । फलाँटे र भुम्लुटारका सबैलाई मेरो आग्रह छ, म लालपुर्जा समस्या समाधानमा गम्भीरता पूर्वक लाग्छु । कुनै शंका गर्नुपर्दैन, तपाईहरुको यो समस्या समाधान गर्न सकिन भने अर्को पटक मत माग्नै आउँदिन ।’–हुमागाईँले भने ।
प्रदेश सभाका उम्मेदवार लम्सालले छिटो भन्दा छिटो लालपुर्जाको समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनए । ‘म यो समस्या समाधानका लागि धेरै पटक यहाँका साथीहरुसँग डेलिगेशन गएको छु । हामीले मन्त्रालयमा गएर दिएको दबाब स्वरुप फिल्डमा कार्यालय बस्यो । तर यहाँ कर्मचारी बस्न नसक्ने वातावरण सिर्जना गरियो, जसका कारण काम अघि बढ्न सकेन । यो समस्यालाई मैले निकै नजिकबाट निल्याइरहेको छु । तपाईहरुले सहयोग गर्नुहोस्, यसको पहल कदमी ठोस ढंगबाट फेरी अगाडी बढाउँछौँ ।’
आफ्नो भनिएको घर जग्गाको लालपुर्जा नहुँदा यी दुई वडाका स्थानीय निकै समस्या भोगिरहेका छन । लालपुर्जा नहुँदा भूकम्पमा भत्किएका घर निर्माणमा समेत यी दुई वडाका स्थानीयले समस्या भोग्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस