काभ्रे २ को प्रदेश ‘ख’ मा गठबन्धनका उम्मेदवार वादेलाई समर्थन गर्दै बसुन्धराले फिर्ता गरे उम्मेदवारी

Post Thumbnail
  • २०७९ आश्विन २६, बुधबार मा प्रकाशित १ साल अघि
  • २६५ पाठक संख्या

  • नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष एवं बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईँले उम्मेदवारी फिर्ता लिएका छन ।

    चार दलीय गठबन्धननको उम्मेदवार कञ्चनचन्द्र वादेलाई समर्थन गर्दै हुमागाईले मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन ।

    अध्यक्ष हुमागाईँले गठबन्धनको निर्णय विपरित काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’मा उम्मेदवारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस