भरत विष्टको ‘भरत गाथा’को विमोचन

Post Thumbnail
  • २०७९ आश्विन ६, बिहिबार मा प्रकाशित १ साल अघि
  • १६३ पाठक संख्या

  • मण्डनदेउपुरका समाजसेवी भरत विष्टले लेखेका ‘भरत गाथा’को विमोचन गरिएको छ ।

    समाजसेवा समूहका अध्यक्ष समेत रहेका विष्टको बायोग्राफि भरत गाथाको एक कार्यक्रमका विच नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले विमोचन गरे ।

    पत्रकार महेश पौडेलको सम्पादनमा प्रकाशनमा आएको भरत गाथामा सम्योगान्त, बियोगान्त, राजनीति र जीवन को भोगाइलाई समेटिएको छ । पूर्व गाविस अध्यक्ष समेत रहेका भरत विष्ट शिक्षासेवी र राजनीतिक व्यक्तीत्वसँगै ५० बर्ष समाज सेवामा समर्पित भएका व्यक्ती हुन ।

    ३९ वटा शिर्षकमा लेखिएको पुस्तक १ सय ४० पृष्ठको छ । सम्पादक पौडेलले कथाहरुलाई छोटा र मिठा रुपमा पढन मिल्ने गरी सम्पादन गरेका छन् ।

    विमोचन कार्यक्रममा केन्द्रीय सदस्य आचार्य, नेपाली काँगेसका नेता अच्युत पौडेल, मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणी नेपाल, पुस्तकका सम्पादक महेश पौडेल, नेपाली काँग्रेस मण्डनदेउपुरका सभापति कश्यप पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव कपिल कोइराला, नेपाली काँग्रेसका नेताहरु रामहरी सापकोटा र दिपकप्रसाद पौडेल, गैसस महासंघ नेपाल काभ्रे शाखाका अध्यक्ष गंगा दोङ, समाजसेवी चुडामणी नेपाल र अम्बिका ठकुरी लगायतले पुस्तक बारे चर्चा गरेका थिए ।

    समाजसेवा ३१ बर्षमा

    उक्त अवसरमा समाजसेवा समूह स्थापनाको ३१ औं बार्षिक साधाररण सभा आयोजना भएको छ ।

    ३१ औं बार्षिक साधारण सभा कार्यक्रममा संस्थाका सचिव रामकृष्ण चापागाईले प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले विभिन्न विद्यालयमा अध्ययनरत विद्याथीहरु दिपिका विष्ट, जविन तामाङ, विनिता वाईवा, रस्मिला भण्डारी, विनिता बोगटी, शर्मिला परियार, दिया परियार, निसा परियार, सरिता तामाङ, जमुना रम्तेल, सञ्जु परियारलाई छात्रवृति वितरण गरिएको थियो ।

    समाजसेवा समूहका अध्यक्ष भरत विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य सुरेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस