संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ ।
संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित चोकमा दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रशासकीय अधिकृत विनोद रसाइली, जनप्रतिनिधी, कर्मचारी र स्थानीयको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस