धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा गायत्रीरमण घिमिरे

Post Thumbnail
  • २०७९ भाद्र १८, शनिबार मा प्रकाशित २ साल अघि
  • २३० पाठक संख्या

  • धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल काभ्रेको सातौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट गायत्रीरमण घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमित चयन भएको छ ।

    कार्य समितिमा उपाध्यक्ष खड्ग प्रसाद सापकोटा, सचिव भवगती तिमल्सिना, कोषाध्यक्ष खड्ग बहादुर (जीवन) श्रेष्ठ, सदस्यहरुमा जित बहादुर के.सी.,सपना ढकाल, अमिन कार्की, ममता लामा (घलान) र तुल्सीराम रिजाल निर्विरोध रुपमा निर्वाचित भएका छन् । उक्त कार्यक्रममा विधानको प्रावधान अनुरुपमा निर्वतमान अध्यक्ष गजुरेल सहित पूर्व अध्यक्षका साथ संस्थाका सुभचिन्तकहरु सहितको ९ सदस्यीय सल्लाहकार समिति गठन भएको निर्वाचन समितिका संयोजक प्रल्हाद प्याकुरेलले जानकारी दिए ।

    कार्यक्रमका धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले धुलिखेल भन्दा बाहिरबाट धुलिखेलमा आई बसोबास गर्नुभएका धुलिखेल कल्याणकारी सेवा समाजका सम्पूर्ण सदस्यहरुले आफ्ना ज्ञान सीप नगरपालिकासँग साटासाट गरेर अघि बढ्न आग्रह गरे । स्थानिय मानिसको मात्र बसोबासले विकास गति ढिलो हुन्छ तर बसाई सराईले धेरै सर्घष, अनुभव र आत्मबल बढाउँने भएकै कारण बिकास सम्भव हुन्छ ।

    कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, निर्वतमान उपप्रमुख बिमला शर्मा, धुलिखेल नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रोमी प्रसाद व्याञ्जू लगायतले धुलिखेलको बिकासमा धुलिखेल कल्याणकारी सेवा समाजले धुलिखेल नगरपालिकासँग सहकार्य गर्दै अघि बढ्न आग्रह गरे ।

    कार्यक्रमको पहिलो सत्रमा संस्थाका अध्यक्ष दिल बहादुर गजुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संस्थाका सचिव गायत्रीरमण घिमिरेले प्रगति प्रतिवदन तथा संस्थाका कोषाध्यक्ष भगवती तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थापक सदस्य प्रल्हाद प्याकुरेलले संस्थाको उदेश्य माथि प्रकास पारेका थिए भने उपाध्यक्ष खड्गप्रसाद सापकोटाले स्वागत मन्तब्य राखेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस