‘जनताको साथमा काङ्ग्रेस’ अभियान अन्तर्गत भकुण्डेमा युवा संवाद कार्यक्रम

Post Thumbnail
  • २०७९ भाद्र १२, आईतबार मा प्रकाशित २ साल अघि
  • ३१२ पाठक संख्या

  • नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र न १ ले भकुण्डेबेसिमा युवा संवाद कार्यक्रम गरेको छ । क्षेत्रीय कार्यसमितिले “जनताको साथमा काङ्ग्रेस”अभियान अन्तर्गत उक्त युवा संवाद कार्यक्रम गरेको हो ।

    आगामी मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरे संगै नेपाली काङ्ग्रेस काभ्रे जागरण अभियानमा सहभागि भएको छ । भकुण्डेमा आयोजना भएको कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एबम जनताको साथमा काङ्ग्रेस अभियानको केन्द्रिय प्रतिनिधि रमा कोइरालाकाभ्रेमा १३ वटै स्थानीय तहमा काङ्ग्रेस अभियानमा युवाको क्रिय सहभागिता हुनुपर्ने बताईन ।

    नेपाली काङ्ग्रेस काभ्रेका जिल्ला सभापति एबम संविधान सभा सदस्य तिर्थ लामाले जनताको साथमा काङ्ग्रेस अभियानले काभ्रेमा नेपाली काङ्ग्रेसलाई अझ बलियो र मजबुत बनाउनको लागि ठूलो भुमिका निर्वाह गर्ने बताए । जिल्ला सचिव गुणराज मुक्तानले जनताको साथमा काङ्ग्रेस अभियानलाई सार्थक र सफल बनाउन काभ्रेका सबै वडा तहहरुमा प्रतिनिधि पठाइएको बारे जानकारी गराउदै देशलाई बिकास तर्फ अग्रसर गराउनको लागि युवाको भुमिका महत्वपुर्ण हुने भएकोले अबको निर्वाचनमा युवाहरुलाई अबसर प्रदान गर्नु पर्ने धारणा राखे ।

    कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सबै युवा एक भै आगामी चुनाबमा आ आफ्नो क्षेत्रबाट मैदानमा उठि नेपाली काङ्ग्रेसलाई सफल बनाउन लाग्नुपर्ने धारणा राखे । महाधिवेशन प्रतिनिधि इश्वरी ओझाले गठबन्धनको नाममा राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर काभ्रे क्षेत्र न १ लाई कमजोर नबनाउन प्रमुख अतिथी रमा कोइरालालाई ध्यानाकर्षण गराएका थिए ।

    आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाइ बिजय गराउनको लागि युवा संवाद कार्यक्रम गरेको प्रतिनिधि सभा क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए । कार्यक्रममा महासमिति सदस्य शंख बुद्ध लामा, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाली काङ्ग्रेसका नेता तिर्थ पसखल, जिल्ला सदस्य चेत लामा, महासमिति सदस्य माधब प्रसाद पन्त, नेपाली काङ्ग्रेसका नेता रामकृष्ण हुमागाई, बागमती प्रदेश सदस्य बिक्रम लामा, लगाएतका नेताहरूले मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस