नेकपा एस काभ्रेको इञ्चार्जमा टोकबहादुर, अध्यक्षमा बसुन्धरा

Post Thumbnail
  • २०७९ भाद्र ५, आईतबार मा प्रकाशित २ साल अघि
  • २४१ पाठक संख्या

  • नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादि) काभ्रेको पाँचौ जिल्ला कमिटी बैठकले इञ्चार्जमा टोकबहादुर वाइबा तथा अध्यक्षमा बसुन्धरा हुमागाईलाई चयन गरेको छ ।

    बैठकले जिल्लाको पदाधिकारी पुनर्गठन गरेको छ। पुनर्गठित पदाधिकारीहरुमा अध्यक्ष बसुन्धरा हुमागाईं, उपाध्यक्ष दिपक कुमार गौतम, सचिव गोकुल गौतम, उपसचिव यसु लामा रहेका छन् ।

    यसैगरी मंशिर ४ को निर्वाचनलाई लक्षित गरी उम्मेदवार सिफारिश समेत गर्न सक्ने गरी संघीय क्षेत्र १ मा संयोजक लाप्साङ पाख्रिन र सचिव गोकुल गौतम, संघीय क्षेत्र १ को प्रदेश क. मा संयोजक पासाङ डोल्मो लामा र सचिव ज्ञानेन्द्र लामा, प्रदेश ख मा संयोजक कृष्ण तामाङ र सचिव विश्वेश्वर बञ्जारा तोकिएको छ भने संघीय क्षेत्र नं २ मा संयोजक सचितानन्द केसी र सचिव प्राणनाथ न्यौपाने, प्रदेश क संयोजक हरिगोपाल प्रधानाङ्ग र सचिव नारायणप्रसाद ढकाल, प्रदेश ख मा संयोजक प्रेम लामा र सचिव हरिबहसदुर डोटेललाई तोकिएको छ।

    अध्यक्ष रहेका टोकबहादुर वाईबा केन्द्रीय सदस्य एवं काभ्रे इञ्चार्ज भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस