२०८३ कार्तिक २२, आईतबार  | Sun, 08, Nov, 2026

निर्माण व्यवसायी महासंघ एशोसियट समन्वय समितिको संयोजकमा मुकेश पन्त

Post Thumbnail
  • २०७९ श्रावण १३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ६४४ पाठक संख्या

  • नेपाल निर्माण व्यवसायी महासंघ एशोसियट समन्वय समितिको संयोजकमा मुकेश पन्त निर्वाचित भएका छन् ।  त्यस्तै सह–संयोजकमा एनसी शेर्पा निर्वाचित भए ।

    नेपाल निर्माण व्यवसायी महासंघ एशोसियट सदस्य समन्वय समितिको शुक्रबार बसेको ११औँ साधारणसभा भेलाले महासंघकोसंयोजकमा पन्त र सह–संयोजकमा शेर्पालाई निर्विरोध निर्वाचित गरेको हो ।

    संयोजकमा निर्वाचित पन्त यस अघि नेपाल निर्माण व्यवसायी महासंघको एसोसिएट उपाध्यक्ष भइसकेका छन् । निर्माण व्यवसायी पन्तबन्दन भगवती निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक हुन् ।

    मीडियाचोक डटकम महासंघको नवनिर्वाचित संयोजक र सह–संयोजकलाई बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्तगर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    ↑