आजादमा बनेको भवन, स्मार्ट कक्षा कोठा, बाल उद्यान गृहको नगरप्रमुख खरेलद्धारा उद्घाटन

Post Thumbnail
  • २०७९ अषाढ १९, आईतबार मा प्रकाशित १ साल अघि
  • २७३ पाठक संख्या

  • पाँचखाल १२ मा रहेको नमुना विद्यालय आजाद माध्यमिक विद्यालयको नवनिर्मित चारकोठे भवन, स्मार्ट कक्षा कोठा, बाल उद्यान गृहको समुदघाटन भएको छ ।

    पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले एक कार्यक्रमका विच विद्यालयको नवनिर्मित चारकोठे भवन, स्मार्ट कक्षा कोठा, बाल उद्यान गृहको समुदघाटन गरेका हुन ।

    कार्यक्रममा सेवा निवृत्त शिक्षक र स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधि हरुलाई सम्मान समेत गरिएको थियो ।

    कार्यक्रममा नगरप्रमुख खरेलले व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । पाँचखालको नारा कृषि शहर पाँचखाल नगर अनुसार नगरले विद्यालय तह देखि स्नातक तह सम्मको पढाई सञ्चालनमा ल्याएको जानकारी दिए । ‘९ कक्षा देखि १२ सम्म आजादमा कृषि विषयको पढाई तथा स्नातक तहमा काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा समाजकल्याणमा कृषि विषय पढाई हुन्छ, खरेलले भने ।

    कार्यक्रममा पाँचखाल १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दनुवार, प्रधानाध्यापक प्रल्हाद तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।

    कार्यक्रममा विद्यालयमा सेवा गरेर निवृत्त भएका कृष्णप्रसाद भुर्तेल, इन्द्रबहादुर श्रेष्ठ र कमला कुमारी आचार्यलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस