नेपाल प्रेस यूनियन काभ्रेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
युनियन काभ्रेको उपध्यक्षमा देवराज केसी, महिला उपाध्यक्षमा सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सह–सचिवमा सचित खड्कका, समावेशी सह– सचिवमा इन्द्रबहादुर थापा र कोषध्यक्षमा सरोज अधिकारी चयन भए । त्यस्तै कार्यसमिति सदस्यहरुमा पुरुषोतम ढकाल, राजन दाहाल, रोशन पौडेल, पुजन धिताल,रवि धिताल, शोभा हुमागाई, विपाश्रा शाक्य, भक्त दाहाल र ज्योती श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनले आगामी साउन ६ र ७ गते हुन गईरहेको केन्द्रिय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ । जसमा भोला थापा, महेशराज पौडेल, भिम गौतम, नारायण सापकोटा, बद्रीराज तिमल्सिना, कपिल कोइराला, प्रदिप केसी, शिव दाहाल, रघुनाथ हुमागाई, शंकर अधिकारी, ज्ञानमणी नेपाल, सूर्य लाकोजु, शिखर चिमौरीया, कविता शर्मा र इन्द्रलक्ष्मी घिमिरे चयन भए । त्यस्तै प्रदेश प्रतिनिधीहरुमा नवराज सापकोटा, सरोज सापकोटा, राजेन्द्र तिमल्सिना, सुमन गिरी, सतोष तिमल्सिना, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, दिलीप आचार्य, पुरुषोतम ढकाल, दिपक चौलागाई, हिराकाजी लामा, दुर्गा घलान, कौशलराज खड्का, जानुका खनाल र सनम सुवाल चयन भए ।
निर्वाचित समितिलाई नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामा, उपसभापति रमेश हुमागाई, सचिव गुणराज मोक्तान र माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी लगायतले शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस