काभ्रेमा बस र कार ठोक्किदा एकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्।
शुक्रबार दिउँसो साँगाबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख २८४४ नम्बरको बस र बा ७ च १५४५ नम्बरको कार ठक्कर खाँदा काठमाण्डौ सितापाईला निवासी ध्रुवराज सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चक्रराज सापकोटाले जानकारी दिए ।
घाइते सबैलाई उद्धार गरी उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस