भुम्लुमा विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमन

Post Thumbnail
  • २०७९ जेष्ठ २६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३२० पाठक संख्या

  • भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमन गरेको गाँउपालिकाले १० वटैवडामा निमाणाधीन योजानाहरुको स्थलगत अनुगमन गरको हो

    सम्बन्धित क्षेत्रका संयोजकहरु, प्राविधिक तथा ईन्जिनियरहरुको उपस्थितिमा वडा नम्बर ८र १० अन्तर्गत गठित उपभोक्ता समितीहरुबाट सम्पन्न भएका विभिन्न  वटा योजानाहरुको प्रभावकारिता जाँच्नका लागि गरिएको अनुगमन गरिएको हो गाउँपालिकाले योसँगैअन्य वडामा पनि अनुगमनलाई निरन्तरता दिने क्रम जारी रहेको उपाअध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिए

    गाउँपालिका भित्र भैरहेको विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन आफू अनुगमनमा निस्किएको तामाङले बताए सडकमानिर्माण गरिएका नाला, मेसीनरी वाल लगायतका योजानाहरुको स्थलगत अनुगमन गरेको गाउपालिकाले जनाएको

    यस्तै अनुगमनलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले  बताए। योजना निर्माणमा गुणस्तरीय कार्य तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने तथा स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुनेमा प्रशासकीय अधिकृत अर्यालले जोडदिए

    अनुगमनको क्रममा सम्पन्न भएका सबै योजनाहरु तोकिएको मापदण्डअनुसार नै सम्पन्न भएको पाइएको मापदण्ड पूरा नगररै सम्पन्नभएका योजनाहरुको हकमा भुक्तानी दिँदा कटौती गरेर दिने उपाअध्यक्ष जितेन्द्रमान तामाङले बताए अनुगमनका क्रममा कामले गतिलिएको पाइएको साथै कामका क्रममा आएका विभिन्न समस्याको समाधानमा पहल समेत गरीएको थियो

    निमाणाधीन योजानाहरुको स्थलगत अनुगमनमा योजना अधिकृत रुपक अधिकारी इन्जिनियर अन्जन अवाल सव इन्जिनियर डिमसनतामाङ लगायतको उपस्थिति रहेको थियो

    प्रतिक्रिया दिनुहोस