प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

Post Thumbnail
  • २०७९ जेष्ठ १४, शनिबार मा प्रकाशित १ साल अघि
  • २६८ पाठक संख्या

  • प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

    शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।

    नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ । दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएकाले अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

     

    प्रतिक्रिया दिनुहोस