महाभारत गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

Post Thumbnail
  • २०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ९८४ पाठक संख्या

  • काभ्रेको विकट क्षेत्र महाभारत गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    गाउँपालिकाको अध्‍यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बाले ४ हजार ८ सय ९१ मत ल्याई विजयी भए । नेकपा एमालेका पूर्ण बहादुर वाईवालाई १ हजार ६९६ बढी मतले पारजित गरे । पूर्ण बहादुरले ३ हजार १ सय ९५ मत ल्याए ।

    त्यस्तै उपाध्‍यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान निर्वाचित भएका छन् । मोक्तानले उपाध्‍यक्षमा एमालेका शान्ति तितुङ राना मगरलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरे । मोक्तानले ४ हजार १ सय ६९ ल्याए भने रानामगरले १ हजार ५३० मात्र मत ल्याएकी थिईन ।

    यो सँगै १२ वटा पालिकाको मत परिणाम आएको छ । काभ्रेमा अब पाँचखाल नगरपालिकाको मात्र मत परिणाम आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस