भुम्लु गाउँपालिकामा गठबन्धनको पक्षमा मतदाता देखिएका छन ।
गठबन्धनका तर्फवाट उम्मेदवार बनेका अध्यक्षमा प्रेमबहादुर भुजेल र उपाध्यक्षका उम्मेदवार जितेन्द्रमान लामा (दावा) को टोली घरदैलो तथा भेटघाट कार्यक्रममा जाँदा मतदाताहरुले आफुहरुलाई साथ दिने बताएको जानकारी दिए । उत्साह जनक सहभागिता छ, मतदाताले हामीलाई साथ दिनुभएको छ । उपाध्यक्षका उम्मेदवार लामाले भने ।
गठबन्धनले घरदैलो सँगै आज फलाँटेमा कोणसभा गरेको छ । कोणसभालाई नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले सम्बोधन गर्दै राजनीतिक मुद्दालाई संस्थागत गर्न गठबन्धन बनेको दाबी गर्दै पालिका अध्यक्ष पदका उम्मेद्ववार प्रेम भुजेल र उपाध्यक्ष पदका उम्मेद्ववार जितेन्द्र मान लामा (दावा) लाई अत्याधिक मत दिएर जिताउन अपिल गरे ।
दुवै उम्मेद्ववारले युवाको समेत प्रतिनिधित्व गर्ने भएकाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले जनाताको हित विपरित कुनै पनि काम नगर्ने ठोकुवा गर्दै एमालेको नेतृत्वमा भएको स्थानीय सरकारले जनताको भावना अनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको बताए ।
कांग्रेस महासमिति सदस्य सदस्य तस्बिर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेताहरु तोरण क्षेत्री, मन्जु शाह ठकुरी, नेकपा (एकीकृत समाजवादी) का भुम्लु गाउँपालिका कमिटी अध्यक्ष प्राणनाथ न्यौपाने, विद्यार्थी नेता बदन भण्डारी लगायतका नेताहरूले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस