नेपाली कांग्रेससहितका गठबन्धनसम्बद्ध दलले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
गठबन्धनले बनेपामा खानेपानीको समस्या, फोहोरमैलाको व्यवस्थापन, एम्बुलेन्स, दमकल र शववाहन सेवा निःशुल्क गर्ने घोषणा लगायतका प्रतिवद्धता गरेको छ ।
पनि गठबन्धनको छ । तत्काल १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याउने भन्दै २०० शय्याका लागि पहल गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ । युवा उद्यम सिर्जना गर्नका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको गठबन्धनले लगानीको २५ प्रतिशत युवालाई बेहोर्न लगाएर २५ प्रतिशत अनुदान दिने र ५० प्रतिशत ऋण उपलब्ध गराउने नगरप्रमुखका उम्मेदवार शान्तिरत्न शाक्यले जानकारी दिए ।
बनेपा-नाला-भक्तपुर सडकलाई वैकल्पिक राजमार्ग बनाउने योजना अघि सारेको गठबन्धनले सडक विस्तार गर्दा अपांगमैत्री फुटपाथ, खानेपानी र ढल निकास एकैपटक व्यवस्थित गर्ने जनाएको छ । विपन्न परिवारलाई निःशुल्क धारा, विद्यालयमा मासिक रुपमा निःशुल्क परीक्षणसहित विद्यालय नर्सको व्यवस्था, विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा, सबै वडामा योग केन्द्र निर्माण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
घरघरमै वृद्धभत्ता, फुस र खरको छाना हुने परिवारलाई निःशुल्क जस्तापाता, मानिसको चहलपहल हुने स्थानमा खानेपानी स्टेसन, सुविधासम्पन्न बसपार्क, नगर चक्रपथसहित बसको व्यवस्था गर्ने उल्नेख छ । नेकपा एकीकृत समाजवादीका रघुवर चौप्रधान गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार छन् । माओवादी केन्द्र पनि गठबन्धनमा सहभागी छ ।
बनेपा नगरपालिकामा गठबन्धनको तर्फबाट प्रस्तुत प्रतिबद्धता पत्र
प्रतिक्रिया दिनुहोस