नमोबुद्ध नगरपालिकाको बिकास गर्नको लागि आफ्नो जित अनिर्वाय रहेको नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी रहेका कुन्साङ लामाले बताएका छन् ।
समग्र विकासका लागि गठबन्धन तर्फको उम्मेदवारहरुलाई जिताउन नमोबुद्ध नगरका मेयरका उप मेयरले संयुक्तरुपमा घरदैलो कार्यक्रममा अनुरोध गरेका छन् । नगरपालिकामा ५ बर्षको समयमा कुनै पनि विकास हुन नसकेको आरोप लगाउँदै विकास र समृद्धिको लागि गठबन्धन जित्न आवश्यक भएको लामाको भनाई छ ।
०७४ को निर्वाचनमा एमाले पार्टी बाट टंक प्रसाद तिमल्सिनाले जितेका थिए । उनकै कार्यकालमा नगरपालिका भित्र संचालनमा रहेका इट्टा भट्टा केसमा बिवादित हुन पुगेका थिए । मेयर तिमल्सिनाले आफ्नो ५ बर्षे कार्यालनमा भकुण्डेबजार क्षेत्रमा इट्टा भट्टा चल्ने छैन भनेर जनताको आँखामा छारो हाल्ने काम गरेर एकलौटी भट्टाको चिम्नी भत्काउने काम समेत गरिएको थियो । अहिले सो क्षेत्रमा ४ भट्टा संचालनमा रहेको छ । बातावरण मैत्री नगरको नारा लिएका मेयर तिमल्सिनाले आफ्नो कार्याकाल सकिन भन्दा एक बर्ष अघिनै इट्टा उद्योगहरु संचालनको लागि अनुमति दिएको गठबन्धनको आरोप छ ।
नगरलाई बातावरण मैत्री र कृषि पशुपालन क्षेत्रका काम गरी नमोबुद्धको पर्यटन क्षेत्रमा जोड्दिनको लागि हाम्रो उम्मेदवारी रहेको मेयरको उम्मेदवार कुन्साङ लामाले बताए । पुरानो ऐतिहासिक दाप्च क्षेत्रको बिकास राष्ट्रिय राजमार्ग बिपि राजमार्ग छेउछाउको जनताको उत्पादनमा जोड् र ब्यवसाहिक बिकासको लागि हाम्रो गठबन्धन रहेको लामाले बताए ।
त्यसैले धेरै काम भनेर भन्दा पनि गरेर देखाउनको लागि मेरो टिमलाई भोट हालेर जिताउनु नगरको विकास हामी गर्ने छौं लामाले भने ।
प्रतिक्रिया दिनुहोस