वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको प्रचारप्रसारका क्रममा मतदाताको घरदैलो पुगिरहेको पनौती काग्रेसले खेतीयोग्य जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्ने गरि पुर्वाधार विकासका योजना ल्याएको छ ।
एमाले नेता भीम न्यौपानेको नेतृत्वमा रहेको पनौतीको स्थानीय सरकारले पुर्वाधार विकासका नाममा सडक बनाउने भन्दै हिउदमा जनताको खेतबारीमा डोजर लगाउने र वर्षामा भत्किने गरेको भन्दै काग्रेसले दिर्घकालिन सोचका साथ पुर्वाधार निर्माणमा जोड दिइने जनाएको छ ।
पनौती काग्रेसको चुनावी प्रतिवद्धतामा सबै वडाहरु नगरपालिका केन्द्र संग सुरक्षित यातातात सुविधाले जोड्ने, नगरबस सञ्चालन गर्ने, नगर चक्रपथ निर्माण गर्ने जनाएको छ । सबै वडा कार्यालय भवनको स्तरोन्नती र पक्की बनाइने काग्रेसको प्रतिवद्धता छ । पनौती नगरमा सफा र व्यवस्थित वस्ति विकास कार्यक्रम ल्याइने नगरप्रमुखका उम्मेदवार रामशरण भण्डारीले भने ।
एकिकृत वस्ती विकास गरी बस्न चाहने समुदायलाई दोहोरो जग्गा रजिष्ट्रेशन कर छुट एवं ती वस्तीहरुमा पुर्वाधार विकासका लागि नगरपालिकाले लगानी गर्ने बताउदै भण्डारी भन्छन्, नगरका केहि वडाहरुमा अधुनिक शहर निर्माण कार्यलाई पनि तिव्रता दिइने छ । नगरप्रमुखका उम्मेदवार भण्डारीका अनुसार स्थानीय तहमा योजना तर्जुमा र कार्यान्वयन गर्नका लागि वडा विकास कोषको संरचनालाई प्रोत्साहित गरिने बताए ।
अपाङ्गमैत्री सार्वजनीक यातायात, पैदल मार्ग र हरित साइकल लेन तथा पुष्प बाटिकाहरुको निर्माण गरि पनौती नगरलाई अझ सुन्दर बनाउने बताउदै भण्डारीले पुण्यमाता खोला छेउमा बन्दै गरेको करिडोर कार्य अबिलम्ब पुरा गरिने बताए । यस अघि एमाले नेतृत्वको स्थानीय सरकारले करिडोर निर्माणका लागि भनि वार्षिक उठाइएको करोडौ रुपैया अनियमितता गरेको आरोप लागेको छ । काग्रेस नेता जगन्नाथ गिरिले करिडोर निर्माणको लागि वार्षिक सात करोड रुपैया भन्दा बढी उठ्ने भए पनि पाँच वर्षको अवधिमा खोला छेउमा ढुंगाको वाल लगाउने बाहेक केहि काम नभएको भन्दै आलोचना गरेका छन् ।
काग्रेसको पुर्वाधार विकासका योजनामा मानेदोभान देखि पनौती १० दाहालटार हुदै नमोवुद्ध , मानेदोभान देखि पनौती ६ गोरखनाथ हुदै विपी हाइवे, मानेदोभान देखी पनौती ९ नौबिसे हुदै विपी हाईवे बाटोको स्तरीकरण र बस सञ्चालन गरिने नगरप्रमुखका उम्मेदवार भण्डारीले बताए । स–साना उद्योगका लागि स्थानीय तहमा वजारको व्यवस्था व्यवस्था गर्न पनि नगरपालिकाले ध्यान पु¥याउने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस