पत्रकार मधुसुधन तिमल्सिना काँग्रेसको तर्फवाट बेथानचोक १ मा वडा अध्यक्षको उम्मेदवार

Post Thumbnail
  • २०७९ बैशाख १२, सोमबार मा प्रकाशित १ साल अघि
  • ६७२ पाठक संख्या

  • लामो समय पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकार मधुसुधन तिमल्सिनाले बेथानचोक गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    तिमल्सिनाले नेपाली काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् ।

    वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको तिमल्सिनाको भनाई छ ।

    प्रेस युनियन काभ्रेका सचिव एवं नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व सहसचिव तिमल्सिना एक दशक भन्दा बढीदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका थिए ।

    साविक च्याम्राडबेशी गाविस रहेको बेथानचोक १ दुर्गम वडाको रुपमा पर्दछ । वडा अध्यक्षको उम्मेदवार तिमल्सिनाले मुख्यत सडक, खानेपानी तथा कृषकहरुको लागि योजना बनाएर काम गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस