बनेपा ७ मा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा हिटलर शाक्य

Post Thumbnail
  • २०७८ चैत्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • १०३८ पाठक संख्या

  • बनेपा वडा नं ७ मा नेपाली काँग्रेसको तर्फबाट हिटलर शाक्यको नाम वडा अध्यक्ष पदको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस भएको छ ।

    प्रारम्भमा शाक्य बाहेक ५ जनाले आकांक्षा राखेका थिए, जस मध्य वडा सभापती वेन गोपाल तौजले र रामप्यारी श्रेष्ठ सदस्यको उम्मेदवार बन्ने भएका छन् भने बागमती प्रदेश प्रतिनिधी उज्वल प्रधान, नगर सदस्य श्याम कुमार भालु श्रेष्ठ र कृयाशील सदस्य हरि पलाञ्चोकेले सर्वसम्मत हुने अवस्थामा आ आफ्ना नाम फिर्ता लिएपछि हिटलर शाक्य सर्वसम्मत अध्यक्षमा सिफारिस भएका हुन ।

    काँग्रेसको बलियो वडाको रुपमा हेरिएको भएपनि अघिल्लो चुनावमा एमालेबाट बर्ण शाक्य वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस पटक पनि बर्ण शाक्यलाई नै एमालेले अघि सार्ने बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस