भुग्देउमा विद्यालय र वडा भवनको उद्घाटन

Post Thumbnail
  • २०७८ चैत्र ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४४८ पाठक संख्या

  • बेथाचोक गाउँपालिका वडा नं. ६ मा रहेको सरस्वती माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन भएको छ । एशियाली विकास बैंकको सहयोगमा बनेको उक्त भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले उद्घाटन गरे ।

    ८ करोडमाको लागतमा बनेको सविधासम्पन्न विद्यालय भवनमा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव लगायतका २२ कोठाको संरचना रहेको छ । सोही अवसरमा अध्यक्ष तिमल्सिनाले वडा नं. ६ को वडा कार्यालयको पनि उद्घाटन गरे ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्की, विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन लामा, स्थानीय समाजसेवी कुमार गोले, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रामप्रसाद भट्टर्राइ लगायतको मन्तव्य रहेको थियो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, वडा नं. २ का वडा अध्यक्ष भगवान घिमिरे, ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नं. २ का सदस्य रामप्रसाद अधिकारी, एडिबिका इन्जिनियर बाबुराम देवकोटा, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राई, विभिन्न दलका स्थानीय प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

    वडा अध्यक्ष विष्णुबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम वडा सचिव सानुकाजी थापाले स्वागत मन्तव्य र शिक्षकद्वय सिद्धार्थ थापा र शोभा गोलेले सञ्चालन गररेका थिए ।

    प्रतिक्रिया दिनुहोस