धुलिखेल ८ का वडा अध्यक्ष जंगम काँग्रेस प्रवेश

Post Thumbnail
  • २०७८ चैत्र ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५३१ पाठक संख्या

  • धुलिखेल नगरपालिका वडा न ८ का वडा अध्यक्ष निराजन जंगम नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

    हालै सम्पन्न एमाले जिल्ला अधिवेशनबाट दोस्रो मत ल्याएर जिल्ला कमिटी सदस्यमा निर्वाचित जंगम सहित १८ जना एमालेका अगुवा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन ।

    उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य गणेश लामा र जिल्ला सभापति तीर्थ लामाले सदस्यता दिएर काँग्रेस प्रवेश गराएका हुन । बुधबार धुलिखेल एक कार्यक्रमका बीच प्रवेश गरेका थिए ।

    उनले कम्युनिष्टले झुटको राजनीनि गर्ने गरेको बताउँदै काँग्रेसले मात्र देशलाई सहि नेतृत्व दिने भएकाले काँग्रेस प्रवेश गरेको बताए ।

    स्थानीय निर्वाचन नजिकिएसँगै काँग्रेस प्रवेश गर्नेको लहर चलेको छ । काँग्रेस सभापति तीर्थ लामाले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

    प्रतिक्रिया दिनुहोस