बनेपा जनागालमा रहेको नाईटिङ्गेल एकेडेमीको ७ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । उक्त अवसरमा २०७७ सालमा एसईई उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
धुलिखेलमा रहेको कालिजंग गणका गणपती कर्नेल मिलन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंन्जितले गरेका थिए ।
कार्यक्रममा गणपति मिलन थापाले दिक्षित र एसईई उतिर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिदै विश्वबजारमा प्रतिस्पर्धी हुने शिक्षा आवश्यक रहेकोले त्यहि अनुसार पढाईमा परिमार्जन गर्दै अगाढी बढ्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंन्जितले प्राविधिक दक्ष जनशक्ति नाईटिङ्गेल एकेडेमीमा उत्पादित जनशक्तिले स्वदेशमा मात्र नभई अन्तराष्ट्रियस्तरमा समेत ज्ञान, सिप र दक्षता प्रदर्शन गरेकाोमा खुशी व्यक्त गरे ।
नाईटिङ्गेल एकेडेमीका सह प्रधानाध्यापक उमा बस्नेतले विद्यालयको अवस्था बारेमा चर्चा गरकी थिईन ।
कार्यक्रममा युवा नेता तथा समाजसेवि जेनिश लामा, पतञ्जली योग समिति वाग्मती प्रदेशका अध्यक्ष ग्रोबेन तौजले, काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल, शिक्षा सदन मा.विका प्रअ पुकार कारंजित लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस