तेमाल गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न गरेको छ ।
गाउँसभाले केही योजनाहरु संशोधन गर्दै आर्थिक वर्ष २०७८/०७९ का विकासका योजनाहरु तोकेको समयमै सकाउने उद्घोष पनि गरेको छ । संशोधित योजनाहरु अधिकांश वडास्तरका छन् ।
कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले तेमालको समृद्धिका लागी सबै जनप्रतिनिधि र जनताको समन्वय साथै सहकार्य आवाश्यक रहेको बताएका छन्। उपाध्यक्ष दुर्गामाया तामाङले अहिलेसम्म सबैको सहकार्य समन्वयमा पालिका अघि बढेको जानकारी दिएकी छिन् । कार्यकालको अन्तिम गाउँसभाको रुपमा दशौं गाउँसभा भएको भन्दै उनले आजसम्म साथ सहयोग गर्ने सबैप्रति धन्यवाद दिएकी छिन् ।
स्वागत मन्तव्यको क्रममा पालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष ज्ञान बहादुर लामाले स्वागत मन्तव्य राख्दै समग्रमा तेमालको विकासले राम्रो गति लिएको बताए । वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले अब आफ्ना वडाका योजना कार्यन्वयनले गति लिने बताएका छन् ।
कार्यक्रममा तेमाल गाँउपालिका अध्यक्ष सलाम सिंह तामाङ ,उपाध्यक्ष दुर्गामाँया तामाङ सबै वडाका वडा अध्यक्षहरु ,कार्यपालिकाका सदस्यहरु ,कर्मचारी लगायतको उपस्थिति रहेको गाँउपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिएका छन्
प्रतिक्रिया दिनुहोस