सिन्धुलीका सञ्चारकर्मी अञ्जन रानामगरको सवारी दुर्घटनामा परेर निधन

Post Thumbnail
  • २०७८ फागुन २४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६१९ पाठक संख्या

  • सञ्चारकर्मी अञ्जन रानामगरको सवारी दुर्घटनामा परेर सोमबार निधन भएको छ ।

    बीपी राजमार्ग हुँदै सिन्धुलीमाडीबाट खुर्कोटतर्फ जाँदै गर्दा कमलामाई नगरपालिका २ को ढंग्रे भन्ज्याङमा आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी २७ वर्षीय रानामगरको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार भर्खरै निर्माण सम्पन्न भएको ढुंग्रे भन्ज्याङको पहिरोमाथि राखिएको सडकबारमा मोटरसाइकल ठोक्किएर रानामगर सडकबाट एक सय ५० मिटर तल खसेका थिए ।

    स्थानीय सिद्धबाबा टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रानामगरले लामो समय रेडियो सिन्धुलीगढीमा काम गरेका थिए । गोलन्जोर गाउँपालिका ४ तीनकन्या घर भएका राना प्रेस चौतारी सिन्धुलीका सहसचिव थिए । रानामगरको श्रीमति र नाबालीका छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस