२०८३ आश्विन ४, आईतबार  | Sun, 20, Sep, 2026

बनेपा ५ मा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तालिम

Post Thumbnail
  • २०७८ फागुन १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ९१७ पाठक संख्या

  • बनेपा नगरपालिका वडा नं ५ को आयोजनामा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण एवं तालीम कार्यक्रम २०७८ सम्पन्न भएको छ ।

    वडा भित्रका दलित समुदायलाई लक्षित गरी आयोजना भएको कार्यक्रममा विभिन्न स्रोतव्यक्तिहरुद्वारा घरेलु हिंसा सम्बन्धी कर्यपत्र प्रस्तुत गरिएको थियो । फागुन १८ र १९ गते आयोजना भएको तालिममा वडा अध्यक्ष बलराम अधिकारी, कार्यपालिका सदस्य उमा बैध, दलित महिला वडा सदस्य ज्ञानु मिजार, प्रशिक्षक रोशनी उपाध्याय र विजया सुवेदी, प्रहरी कार्यालयका प्रतिनिधिले लागू औषध, कुलत दुर्व्यसनका बारेमा, लैंगिक समानता तथा मनोविमर्श सम्बन्धी निर्मला काफ्लेले तथा राकेश लामिछानेले पारिवारिक शिक्षाको बारेमा प्रशिक्षण दिएका थिए ।

    कार्यक्रमको समापनमा भने वनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका महासचिव रवीन्द्र बैदार, बनेपा नगरपालिका ५ न वडा अध्यक्ष बलराम अधिकारी, कार्यपालिका सदस्य उमा बैध, समाजसेवी जङ्ग बहादुर महत, वासुदेव थापा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम दलीत महिला सदस्य ज्ञानु मिजारको सभापतित्वमा सम्पन्न भएको थियो।

    तालिममा ५० जना मलिा दिदिबहीनीहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस