कुरगाउँमा २ सय ५० जना कांग्रेसमा प्रवेश

Post Thumbnail
  • २०७८ फागुन ३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५११ पाठक संख्या

  • नमोबुद्ध नगरपालिका वडा नं ११, कुरगाउँमा मा विभिन्न पार्टी परित्याग गरी २ सय ५० जना भन्दा बढीले नेपाली कांग्रेसको सदस्यता लिएका छन् ।

    सोमबार आयोजित वडा पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा एमाले, माओवादी, नेकपा (एस) लगायतका विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा कांग्रेस प्रवेश गरेको वडा सभापति शंकरदेव भट्टराईले जानकारी दिए ।

    कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सभापति तिर्थ लामा, प्रतिनिधीसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नमोबुद्ध नगर सभापति कुन्साङ लामा, महासमिति सदस्य समेत रहेका भुम्लु गाउँपालिका सभापति दावा लामा, महासमिति सदस्य रोशन लामा लगायतका नेताहरुले कांग्रेसमा स्वागत गरेका थिए ।

    कार्यक्रममा सो वडाको प्रतिनिधीत्व गर्दै १४ औं महाधिवेशनमा महासमिति सदस्य निर्वाचित रोशन लामालाई सम्मान समेत गरिएको थियो । नमोबुद्ध–११ वाट क्षेत्रीय प्रतिनिधी निर्वाचित लामा महाधिवेशन प्रतिनिधी हुँदै सर्वसम्मत रुपमा महासमिति सदस्य भएका थिए ।

    कार्यक्रममा बोल्ने सम्पूर्ण वक्ताहरुले वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबैले आफ्नो तहबाट काम गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस