पाँचखालमा सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोप अभियान

Post Thumbnail
  • २०७८ माघ २२, शनिबार मा प्रकाशित १ साल अघि
  • ५७५ पाठक संख्या

  • पाँचखाल नगरपालिकाको आयोजनामा सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोप शुभारम्भ भएको छ ।

    सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोपअभियान कार्यक्रम पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले शुभारम्भ गरेका थिए ।

    नगरपालिका परिसरमा सञ्चालन भएको सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोप आगामी एक हप्ता सम्म सञ्चालन हुनेछ । नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको सहकार्यमा आयोजना भएको अभियानमा २ सय भन्दा बढि सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोप लगाइने पाँचखाल नगरपालिका पशु विकास शाखा प्रमुख दत्तप्रसाद पन्तले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस