धुलिखेल जेसीजको पदस्थापना, अध्यक्षमा प्रविन

Post Thumbnail
  • २०७८ माघ १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ९०३ पाठक संख्या

  • धुलिखेल जेसीजको २३ औं पदस्थापना सम्पन्न भएको छ ।

    सोमवार धुलिखेलमा आयोजना भएको पदस्थापना कार्यक्रममा धुलिखेल जेसीजका बर्ष २०२१ का अध्यक्ष दिपेश योगलले बर्ष २०२२ का अध्यक्ष प्रविन सापकोटालाई शपथ तथा अध्यक्षीय माला हस्तान्तरण गरेका थिए ।

    अध्यक्ष चयन भएका युवा नेता समेत रहेका सापकोटा सहित कार्यकारिणी उपाध्यक्षमा सुवाष सापकोटा र शोहिल थापा, महासचिवमा अनुप लामिछाने, कानुनी सल्लाहकारमा जयोज नरसिंहजु, कोषाध्यक्षमा मनिष माकजु, सहसचिवमा मनिष कोजु श्रेष्ठ, तथा उपाध्यक्षहरुमा आर्यन व्याञ्जु, आयुष सापकोटा, अभानीश्वर कार्की, रोशन बजगाई, ट्रेनिङ कोअर्डिनेटर रोशन हुमागाई तथा थिम डाईरेक्टरमा शौरभ सिग्देल निर्वाचित भए ।

    निर्वाचित अन्य पदाधिकारीलाई नवनिर्वाचित बर्ष २०२२ का अध्यक्ष प्रविन सापकोटाले शपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष सापकोटाले यस बर्षको नारा एयाक्ट फर इम्प्याक्टलाई सार्थक बनाउन लागि पर्ने बताए । उनले पुर्व अध्यक्षहरुलाई सक्रिय बनाउन हरेक कार्यक्रममा पुर्व अध्यक्षहरुलाइ पदाधिकारीहरु सँगै सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष एवं पूर्व राजदुत महेश दाहाल, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रमा प्प्याकुरेल, नेपाल जेसीजका उपाध्यक्ष जीवन श्रेष्ठ, जीवन कार्की, धुलिखेल जेसीजका संस्थापक अध्यक्ष रोशन श्रेष्ठ लगायतले जेसीजबारे मन्तब्य राखेका थिए ।

    सोहि अवसरमा धुलिखेल जुनीयर जेसीजको समेत पदस्थापना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस