काठमाण्डौंमा निजी सवारीसाधन र ट्याक्सीमा मात्र जोर बिजोर प्रणाली

Post Thumbnail
  • २०७८ माघ १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५८७ पाठक संख्या

  • काठमाण्डौंमा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेको छ।

    तर सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि नयाँ आदेश जारी गरेका छन्।

    कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ। विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ।

    प्रतिक्रिया दिनुहोस