नाल्दुम नगरकोट र नाल्दुम नगरकोट जुनियर जेसीजको पदस्थापना

Post Thumbnail
  • २०७८ माघ १२, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६७३ पाठक संख्या

  • नाल्दुम नगरकोट जेसीज र जुनियर जेसीजको संयुक्त पदस्थापना सम्पन्न भएको छ ।

    नगरकोटको मिस्टीक माउण्टेनमा आयोजना भएको आठौं पदस्थापना कार्यक्रममा बर्ष २०२१ का अध्यक्ष आशा देवान श्रेष्ठले बर्ष २०२२ का अध्यक्ष राजाराम गौतमलाई शपथ तथा अध्यक्षीय माला हस्तान्तरण गरेकी थिइन ।

    नाल्दुम नगरकोट जेसीजमा बर्ष २०२२ को लागि कार्यकारिणी उपाध्यक्षमा प्रदिप अधिकारी र दिपा लामा, महासचिवमा धनपति दाहाल, कानुनी सल्लाहकारमा अमित कर्माचार्य, कोषाध्यक्ष ज्ञान बहादुर तामाङ, उपाध्यक्षहरुमा देवी डोटेल, कृष्ण ढकाल, दिनेश तामाङ, सन्जोग मल्ल, शाखा सम्पादक देवेन्द्र घिमिरे, मेम्बरसिप संयोजक विशाल ढकाल लगायत निर्वाचित भएका थिए ।

    पदस्थापना कार्यक्रमको सहजीकरण नाल्दुम नगरकोट जेसीजका पूर्व अध्यक्ष सोहन रञ्जितले गरेका थिए ।

    त्यस्तै जुनियर जेसीजका संस्थापक अध्यक्ष मनिष ढकाललाई नाल्दुम नगरकोट जेसीजका संस्थापक अध्यक्ष राजकुमार मल्लले शपथ खुवाएका थिए । जुनियर जेसीजमा कार्यकारिणी उपाध्यक्षमा अभिषेक ढकाल र रोजन खड्का, महासचिवमा सरोज हुमागाई, कानुनी सल्लाहकारमा प्रयास सापकोटा, कोषाध्यक्षमा विज्ञान बडाल, उपाध्यक्षमा नुजा विजुक्छे, निरब शाक्य र विश्व सापकोटा, पब्लिक रिलेसन संयोजक अस्मिता ढकाल, तालिम संयोजकमा रोहित श्रेष्ठ लगायतलाई शपथ खुवाईएको थियो ।

    पदहस्तान्तरण कार्यक्रममा मण्डनदेउपुर नगरपालिका वडा नं २ का अध्यक्ष एवं काँग्रेस प्रतिनिधि सभा २ ख का प्रदेश सदस्य केशव तिमल्सिना, नेपाली काँग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेल, काँग्रेसका पूर्व क्षेत्रीय सचिव कमल तामाङ, मण्डनदेउपुर नगर वडा नं १० का अध्यक्ष विष्णुमणी नेपाल, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेन्द्रराम श्रेष्ठ, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेल, नेपाल जेसीजका उपाध्यक्ष जीवन श्रेष्ठ, नाल्दुम नगरकोट जेसीजका संस्थापक अध्यक्ष राजकुमार मल्ल, नाल्दुम नगरकोट जेसीजका बर्ष २०२१ का अध्यक्ष आशा देवान श्रेष्ठ, नाल्दुम नगरकोट जेसीजका बर्ष २०२२ का अध्यक्ष राजाराम गौतम, नाल्दुम नगरकोट जुनियर जेसीजका अध्यक्ष मनिष ढकाल, नाल्दुम नगरकोट जेसीजका कार्यकारिणी उपाध्यक्ष दिपा लामा लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रम नाल्दुम नगरकोट जेसीजका महासचिव धनपति दाहालले सञ्चालन गरेका थिए ।

    कार्यक्रममा नाल्दुम नगरकोट जेसीजका पूर्व अध्यक्ष, विभिन्न शाखाका पूर्व अध्यक्ष एवं बर्तमान अध्यक्षहरु, विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस