पाँचखाल जेसीजको पदस्थापना तथा व्यक्ती सम्मान

Post Thumbnail
  • २०७८ माघ ८, शनिबार मा प्रकाशित १ साल अघि
  • ४१३ पाठक संख्या

  • पाँचखाल जेसिजको प्रथम पदस्थापना तथा व्यक्ती सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    पदस्थापना कार्यक्रममा पाँचखाल जेसीज विभुषणबाट पाँचखाल नगरका नगरप्रमुख महेश खरेललाई सम्मान गरिएको थियो । त्यस्तै मानार्थ सदस्यमा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेललाई सम्मान गरिएको थियो ।

    पदस्थापना कार्यक्रममा संस्थापक अध्यक्ष चिरञ्जीवी आचार्य (दिलिप)ले बर्ष २२ का अध्यक्ष सुन्दर अधिकारीलाई शपथ तथा अध्यक्षीय चेन हस्तान्तरण गरेका थिए । बर्ष २२ को लागि अध्यक्षमा सुन्दर अधिकारी, कार्यकारीणी उपाध्यक्षमा यादव सापकोटा र मनोज थापा, महासचिवमा सुनिल लुईटेल, कानुनी सल्लाहकारमा राजाराम पौडेल, कोषाध्यक्षमा लक्ष्मी दनुवार, उपाध्यक्षहरुमा पवन गौतम, रमेश भुर्तेल, मकर खत्री, सुन्दर अधिकारी, सहकोषाध्यक्षमा सविता दाहाल, सहसचिवमा सरिता अधिकारी, पब्लिक रिलेशनमा सुन्दर लामा, शाखा सम्पादकमा मनोज बजगाई, तालीम संयोजकमा निराजन लुईटेल, स्वास्थ्य संयोजकमा रुकमणी बजगाई, खेलकुद संयोजकमा बरुण ढुंगाना लगायत निर्वाचित भएका थिए ।

    कार्यक्रममा पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले राजनीति भित्रको विकृतिलाई हटाउनको लागि राजनीतिमा सक्षम र अध्ययनशिल युवाहरुको आकर्षण बढ्नुपर्ने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेश पौडेल, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल, उपाध्यक्ष जीवन श्रेष्ठ, नेपाल जेसीजका पूर्व महासचिव विकास मानन्धर, पूर्व उपाध्यक्ष मञ्जु ठकुरी, पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवार, भकुण्डेबेशी जेसीजका अध्यक्ष सुदर्शन चिमौरिया, भकुण्डेबेशी जेसीजका पूर्व अध्यक्षहरु कपिल कोईराला र श्रीकृष्ण अधिकारी, पाँचखाल जेसीजका संस्थापक अध्यक्ष चिरञ्जीवी आचार्य (दिलिप), बर्ष २०२२ का अध्यक्ष सुन्दर अधिकारी, पाँचखाल जेसीजका महासचिवद्धय राजाराम पौडेल र सुनिल लुईटेल लगायतले मन्तब्य राखेका थिए ।

    कार्यक्रममा काभ्रे, भकुण्डेबेशी, बेथानचोक, नाल्दुम नगरकोट, धुलिखेल लगायतका क्षेत्र ग का शाखा अध्यक्ष, पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस