रोटरी क्लब धुलिखेलको सहयोगमा कोलातीमा बोयर बाख्रा बितरण

Post Thumbnail
  • २०७८ माघ ४, मंगलबार मा प्रकाशित १ साल अघि
  • १५२ पाठक संख्या

  • रोटरी क्बल अफ धुलिखेलको सहयोगमा कालाती भुम्लुका अति बिपन्न र दलित समुदायलाई बोयर जातका बाख्रा वितरण गरिएको छ ।

    कोलातीका ५० परिवारहरुलाई बोयर जातका बाख्रा बितरण भएको छ । कोभिडका कारण दुई चरण गरि बाख्रा उपलब्ध गराएका छन् । वितरण गरिएको सबै बाख्राको विमा पनि गरिएको छ ।

    कार्यक्रममा भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, वडा अध्यक्ष भरतबहादुर शिवभक्ती, रोटरी क्लब धुलिखेलका पूर्व अध्यक्ष रञ्जिब श्रेष्ठ, समाजसेवी नबराज उप्रेतिले समुदायलाई बाख्रा हस्तान्तरण गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्रेष्ठले विपन्न बर्गलाई गरेको यस्ता सहयोगले समुदायमा राम्रो प्रभाव हुने साथै आर्यस्रोतसंगै महिला सशक्तिकरणमा सहयोग पुगेको बताईन । वडा अध्यक्ष भरत बहादुर शिवभक्तिले स्थानिय तह र रोटरी संस्थासंगको संमन्वयले गाउँलाई राम्रो भएको र यस कार्यक्रमले जनताको राम्रो आर्यस्रोतका माध्यम हुने बताए ।

    कार्यक्रममा कार्यक्रम संयोजक तथा रोटरी क्बल अफ धुलिखेलका पूर्ब अध्यक्ष रञ्जिब श्रेष्ठले विपन्न बर्गको आर्थिक उन्नतीमा केहि टेवा पुर्याउन बाख्रा वितरण गरिएको जानकारी दिए । उनले केहि दिनमा बोयर जातका बोका समेत बितरण गर्ने जानकारी दिए । कार्यक्रममा मौसमी रोगबाट बच्न ५० घरधुरीहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको थियो ।

    कार्यक्रममा रोटरी क्बल अफ धुलिखेलका पूर्ब अध्यक्ष प्रल्हाद प्रसाद पराजुली र पूर्ब सचिब मनिष श्रेष्ठ, स्थानीय समाजसेवी नबराज उप्रेति , सदिक्षा दोङ्ग र प्रशिक्षक अनिल लामाको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस