प्रेस चौतारी काभ्रेको अध्यक्षमा पुनः भुवन

Post Thumbnail
  • २०७८ पौष २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६०८ पाठक संख्या

  • प्रेस चौतारी नेपाल काभ्रे शाखाको ७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः भुवन रायमाझी चयन भएका छन् ।

    अधिवेशनबाट उपाध्यक्षमा रामसुन्दर आचार्य, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा जगतमान बल, सह–सचिवमा अरबिन्द्र गौतम, सह–सचिव (समावेशी)मा चित्र तामाङ, कोषाध्यक्षमा काजल तामाङ, सदस्यमा विकास तिमल्सिना, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रञ्जित बोहोरा, कपिल कुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई, शिशिर लामा र प्रदिप भण्डारी चयन भएका छन् ।

    अधिवेशनको नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरे । कार्यक्रममा बाँस्कोटाले नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो भएको बताएका हुन् ।

    छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको बताए ।

    कार्यक्रममा एमालेका काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, वाग्मती प्रदेशसभा सदस्य एवं एमाले जिल्ला उपाध्यक्ष चन्द्र लामा, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष रोजन तामाङलगातले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

    अधिवेशनमा प्रेस चौतारी पत्रकारीता पुरस्कार पत्रकार लक्ष्मण तिमल्सिनालाई प्रदान गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस