भ्वाइस किड्स नेपालको सेमिफाइनलिस्ट प्राप्ती तामाङले गाइन बालापन

Post Thumbnail
  • २०७८ माघ २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७९३ पाठक संख्या

  • नेपालको निकै चर्चित रियालिटी सो द भ्वाइस किड्स नेपालको सेमिफाइनलिस्ट प्राप्ती तामाङले आफ्नो स्वरमा अत्यन्तै मीठो गीत रेकर्ड गराएकी छिन ।

    काभ्रे जिल्लाको रोशी गाउँपालिकाको मङ्गलटारमा जन्मेकी प्राप्तीले सानै उमेरदेखी गीत गाउन शुरु गरेकी थिइन । ग्रामीण क्षेत्रमा जन्मिएकी हुनाले उनले अहिलेसम्म सङ्गितको औपचारिक ज्ञान लिने मौका पाएकी छैनन । तरपनि उनले भ्वाइसको डिजिटल,ब्लाइन्ड अडिसन,बेटल,लाइभ र सेमिफाइनलसम्म आइपुग्दा आफ्नो सुरिलो स्वरले सबैको ध्यान आफूतिर तान्न सफल भएकी छिन ।

    हाल प्राप्तीको धेरै गीत रेकर्डिङको तयारीमा रहेको छ । अहिले उनले अटल अनमोलको शब्द,वसन्त सापकोटाको सङ्गितमा रहेको गीत फर्केर नआउने यो बालापन बोलको गीत रेकर्ड गराएकी छिन ।

    यो गीतमा दिपेश प्रधानको सङ्गीत संयोजन रहेको छ भने दीप स्टुडियोमा रेकर्ड गरिएको छ । यो गीतलाई आफ्नो जन्मदिनको अवसर पारेर फागुन ३ गते बजारमा ल्याउने तयारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस