काभ्रे बनेपाकी सुदिना हुमागाईले मिस नेपाल– २०२५ मा सहभागिता प्रतिस्पर्धा गरेकी छिन् ।
बनेपा–७ गोदामचोककी हुमागाईको स्थायी ठेगाना पनौती –२ कुशादेवी हो । २२ वर्षिय सुदिना ब्याचलर इन डेन्टल सर्जरीको अध्ययन गरिरहेकी छिन् । उनी रेडियोकर्मी हुने भने नृत्य, योग उनको रुचीको विषय हो ।
द हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल– २०२५ को ग्रान्ड फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । फिनालेमा प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धीहरूलाई स्यास तथा प्रतिस्पर्धि नम्बर प्रदान भइसकेको छ । फिनालेमा २६ जना प्रतिस्पर्धी सहभागी हुने छन् ।

कन्टेष्टेन्ट नं. ३ कि सुदिनासँगै सान्भी मण्डल, संस्कृति भट्टराई, श्रुती महर्जन, अनुराधा शर्मा ढकाल, अनुप्रिया ठाकुर, दीपशिखा नेपाल, जगदिश्वरी शाह, लुना लुइँटेल, जशोदा कार्की, आश्रीया थापा, उरुषा भण्डारी, अञ्जिला रजक, सृष्टिकुमारी तामाङ, क्रिस्टिना बस्नेत, आरती थापा, समृद्धि केसी, सइच्छा थापा, स्वाती पञ्जियार, सोनी घले, श्रीयानी श्रेष्ठ, स्मृति श्रेष्ठ, ओजल रायमाझी, निलिमा पाण्डे, प्रियंका थापा र प्रज्ञिका क्षेत्रीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस