बिएमकेले गर्‍यो नमुना मेडिकल र लिखित परीक्षा तयारी कक्षा सञ्चालन

  • २०८१ चैत्र १०, आईतबार मा प्रकाशित १ महिना अघि
  • २८६ पाठक संख्या

  • काभ्रे । बनेपाको सिनागाल मार्गस्थित बि एम के ड्राइभिङ स्कुलले ट्रायल परीक्षाको तयारीको लागि नमुना मेडिकल र लिखित परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।
    विगत सात वर्षदेखि ड्राइभिङ प्रशिक्षण दिँदै आएको यस ड्राइभिङ स्कूलले करिब १० हजार प्रशिक्षार्थीहरूलाई ट्रायल पास गराइसकेको ड्राइभिङ स्कूलका सञ्चालक रुपेश काफ्लेले जानकारी दिए ।


    काफ्लेका अनुसार ड्राइभिङ सिकिरहेका प्रशिक्षार्थीहरूलाई ट्रायल परीक्षा अघि आवश्यक पर्ने मेडिकल (कलर भिजन र आँखा) र लिखित परीक्षाको तयारी गराउन यो कार्यक्रम आयोजना गरिएको हो ।
    लिखित परीक्षामा कस्ता प्रश्न सोधिन्छन्, कति अंक ल्याउनुपर्छ, कसरी पास गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण बताए । प्रशिक्षार्थीहरूलाई पहिले नै लिखित परीक्षाको तयारीको लागि किताब पढ्न दिइएको र नमुना प्रश्नपत्र पनि उपलब्ध गराइएको थियो।  कार्यक्रममा नमुना प्रश्नपत्रको आधारमा अभ्यास परीक्षा पनि सञ्चालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस