काभ्रे । मैना चरी यातायात सेवा प्रालि र साइनो अटोमोबाइल प्रालिको संयुक्त आयोजनामा अटो चालकहरुको भेला सम्पन्न गरेको छ ।
आज (शुक्रबार) नाला काशी भञ्ज्याङमा सम्पन्न भेलाको अध्यक्षता मैना चरी यातायात सेवा प्रालिका अध्यक्ष यादब बहादुर कुँवर गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, सिन्धुली, रामेछाप, चरिकोट लगायतका जिल्लामा ३ पांग्रे अटो सञ्चालन गरी श्रमजीवि मजदुर र व्यवसायीहरुलाई प्रोत्साहन गर्दै आएको बताए ।
त्यसैगरी साइनो अटोमोबाइलका सञ्चालक प्रल्हाद दाहालले यस भेलाले श्रमजीवि मजदुर, अटो चालकहरुको एकतामा थप टेवा पु¥याउने विश्वास व्यक्त गरे । भेलामा मजदुरहरुलाई कर्जा प्रवाह गर्ने मनकामना साकोस, श्रमिक साकोस, मोडेल साकोस र नारी चेतना साकोसका प्रतिनिधिहरु, सञ्चारकर्मी, यातायात व्यवस्था कार्यालय बनेपाका पवन बजगाईं लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त भेलामा करिब ८० वटा अटोहरु प्रदर्शनीमा राखिएको थियो भने झण्डै २ सयभन्दा बढी अटो व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस