सहकारी अर्थतन्त्रको खम्बाको रुपमा विकास भएको छ: सांसद चौलागाईं

  • २०८१ पौष १३, शनिबार मा प्रकाशित २ महिना अघि
  • २३७ पाठक संख्या

  • काभ्रे । बनेपामा रहेको श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभामा बागमती प्रदेश सभाकी सांसद एवं प्रमुख अतिथि रुकु चौलागाईंले सहकारी अर्थतन्त्रको खम्बाको रुपमा विकास भएको बताएकी छिन् ।
    सभामा बोल्दै चौलागाईंले श्रमजिवीको जीवनस्तर उकास्न सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अहिले सहकारीमा देखिएको समस्या सरकारलाई ध्यानाकर्षण गराएको बताएकी छिन् ।


    सभामा संस्थाका सचिव अम्बिका तिमल्सिनाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् भने कोषाध्यक्ष गणेशकुमार तामाङ्गले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक तुलसीराम रिजालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
    संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थासँग ऋण सेवा लिएर स्वरोजगार बन्नु भएका अटोचालकलाई सम्मान गरेको छ ।
    सोही अवसरमा काभ्रे हेडलाईन डटकमका सम्पादक केशवराज पौडेललाई हालै सम्पन्न नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचनबाट कोषाध्यक्ष पदमा र संस्थाका सचिव अम्बिका तिमल्सिना जिल्ला सहकारी संघको सदस्यमा निर्वाचित भएकोमा श्रमिक साकोसले सम्मान गरेको छ । त्यसैगरी बिएमके ड्राइभिङ्ग सेन्टरका सञ्चालक रुपेश काफ्लेलाई साकोसले सम्मान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस