बेथानचोकमा घर, भवन अभिलेखीकरण गरिँदै

  • २०८१ भाद्र १३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६४४ पाठक संख्या

  • बेथानचोक गाउँपालिकाले घर तथा भवनहरुको अभिलेखिकरण गर्ने भएको छ । गाउँपालिकामा जग्गाधनीले स्वीकृति लिई वा नलिई तत्कालिन मापदण्ड अनुसार आफ्नो हकभोगको जग्गा भित्र निर्माण भए गरेका भवनहरुको एक पटकको लागि अभिलेखीकरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताउनुभयो । उहाँले स्थानीय सरकार संचालन ऐन, २०७४ मा उल्लेख भए बमोजिम बेथानचोक गाउँपालिका क्षेत्र भित्र गाउँपालिका गठन हुनु भन्दा अघि वा गठन भए पश्चात सम्बन्धित जग्गाधनीले स्वीकृति लिई वा नलिई तत्कालिन मापदण्ड अनुसार आफ्नो हकभोगको जग्गा भित्र निर्माण भए गरेका भवनहरुको एक पटकको लागि अभिलेखीकरण गर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गाउँपालिकाको १५ औ गाउँसभाबाट बेथानचोक गाउँपालिकाको घर नक्शा अभिलेखिकरण सम्बन्धी कार्यविधि–२०८१ स्वीकृत भई लागु भए बमोजिम ३५ (पैतीस) दिन भित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन दिन सक्नेगरी सो अभिलेखीकरण गर्ने जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस