एसईईको नतिजा बिहीबार मात्र आउने

  • २०८१ अषाढ १२, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ३४४ पाठक संख्या

  •  

    काठमाडौं । प्राविधिक तयारी नपुगेकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
    बुधबार नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेकोमा केही प्राविधिक तयारी बाँकी रहेकाले बिहीबार नतिजा सार्वजनिक हुने बताइएको छ ।

    १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस