नेपाल विद्यार्थी संघ काठमाण्डौ विश्वविद्यालय कार्यसमितिले रिले अनसन सुरु गरेको प्रति नेपाली कांग्रेस काभ्रेको शिक्षा शाखाले ऐक्यवद्धता जनाएको छ । नेविसंघले काठमाडौं विश्वविद्यालयमा भएका अनियमित एवम् अमर्यादित कार्यको विरुद्ध लामो समयदेखी विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउदै विश्वविद्यालय प्रशासनले जायज मागको सम्बोधन गर्न शैक्षिक वातावरण खल्बलिन नदिन जिम्मेवार बन्न शाखाले आग्रह गरेको छ । नेपाली कांग्रेस काभ्रेको शिक्षा शाखा प्रमुख दिपेन्द्र पौडेलले विज्ञप्तिमार्फत ऐक्यवद्धता जनाउनु भएको हो । पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छः “विश्व विद्यालयका कुनै पनि कार्यक्रम सर्वमान्य र लोकतान्त्रिक पद्धतिको हुनु पर्नेमा नेपाली कांग्रेस प्रतिवद्ध छ । विधि, नीति र पद्धतिबाहिर गएर कार्य गर्ने छुट कसैलाई नभएकोले काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले गरेको रिले अनशन प्रति नेपाली कांग्रेस शिक्षा शाखाको ऐक्यवद्धता रहेको जानकारी गराउन चाहन्छु ।”
प्रतिक्रिया दिनुहोस