नेपाल मानवअधिकार संगठन बनेपा नगरपालिका अन्तर्गतको अधिवेशन शनिवार सम्पन्न भएको छ ।
उक्त अधिवेशनबाट राजकुमार घिमिरेको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिकोे उपाध्यक्ष विनोद थापा, सचिव पवन कार्की, कोषाध्यक्ष शोभा गौतम, सह सचिव जनक घिमिरे त्यसैगरी सदस्यमा हरिशंकर घिमिरे र दिपक प्रसाद घिमिरे रहनुभएको छ ।
अधिवेशनबाट ३ जना जिल्ला प्रतिनिधि क्रमशः राजकुमार घिमिरे, विनोद थापा, दिपक प्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मानव अधिकार संघठन काभ्रेका जिल्ला अध्यक्ष राजु सिग्देल, विशिष्ट अतिथि उपाध्यक्ष गोविन्द प्रसाद घिमिरे, संगठनका आजीवन सदस्य नमराज घिमिरे ’शिखर’ लगायत अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस