पालिकाबासीसँग बेथानचोकले माग्यो सुझाव

  • २०८० जेष्ठ १८, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • ९० पाठक संख्या

  •  २०८०।०२।१८ ढुंखर्क,

    काभ्रे बेथानचोक गाउँपालिकाले गाउँसभाको तयारी गर्ने क्रममा पालिकाबाहसीहरुसँग सुझाव मागेको छ । एक सूचनामार्फत गाउँपालिकाले योजना कार्यक्रमसम्बधि लिखित सुझाव उपलब्ध गराइदिन गाउँपालिकाले आग्रह गरेको हो ।

    गाउँपालिकाले आ.व. २०८०÷०८१ का लागि नीति तथा कार्यक्रमसहित बजेट तर्जुमा गर्नुपर्ने भएकोले २०८० जेठ मसान्त सम्म योजना कार्यक्रमसम्बधि लिखित सुझाव उपलब्ध गराइदिन आग्रह गरेको हो । गाउँपालिका भित्र कहाँ के कस्ता विकास निर्माणका कामहरु आवश्यक छन भन्ने कुरा स्थानीयस्तरबाटै सुझाव आउने र प्राथमिकताका आधारमा यस्ता सुझावको कार्यान्वयन गर्दै जाने गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । “आफ्नो गाउँबस्तीमा हाल नभइ नहुने र गर्नै पर्ने योजनाहरु सुझावका रुपमा पठाई दिन म पालिका बासीलाई आग्रह गर्दछु”, अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो ।

    गाउँपालिकाले लिखित सुझाव माग गरेको छ । साथै [email protected] मा पनि सुझाव पठाउन सकिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस