भ्रष्ट्रचारीलाई कारवाहिको दायरामा ल्याइनेछ– गृहमन्त्री श्रेष्ठ

  • २०८० जेष्ठ ७, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ९५ पाठक संख्या

  • धुलिखेल/ नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्रचारीहरुलाई कारवाहिको दायरामा ल्याएरै छाड्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले निर्दोष नफसोस् र दोषी नछुटोस् भन्नेमा सरकारको ध्यान रहेको बताउनुभयो । उहाँले सरकारले भ्रष्ट्रचारीलाई कारवाहि गर्ने काम सुरु गरेपनि देशव्यापी रुपमा सरकारको पक्षमा जनमत उठेको बताउनुभयो ।

    उहाँले भ्रष्ट्रचारीलाई कारवाहिको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेपनि सरकार पछि नहट्ने बताउनुभयो । गृहमन्त्री श्रेष्ठले कालोबजारी, तस्करी, ठगीमा संलग्न व्यक्तिहरुको राजनीतिक पार्टी नहेरि कारवाहि गरिने बताउनुभयो । उहाँले सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो ।

    उहाँले सरकारसँग राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रिय सुरक्षालाई बलियो बनाउने, लोकतन्त्रको उपलब्धीहरुको रक्षा गर्नु, शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्ने र मुलुकको सामाजिक आर्थिक रुपान्तरणको माध्यमबाट समृद्धिको यात्रा तय गर्नुपर्ने चार कार्यभार रहेको बताउनुभयो । उहाँले नेकपा माओवादी केन्द्रले मात्रै यी चार कार्यभार पुरा गर्न सक्ने भएकोले यथास्थितीमा रहेको पार्टीले यो कार्यभार पुरा गर्न नसक्ने बताउनुभयो । उहाँले ईतिहासमा र वर्तमानमा भएका राम्रा कामको गर्व गर्दै भएका कमीकमजोरीको आत्मसमिक्षा गरेर पार्टीलाई रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र बैचारिक, सांस्कृतिक रुपमा ह्रास आएको कारण पार्टीको शक्ति कमजोर भएकोले यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका नेतृत्वमा सरकार भएकोले जनताका जनताका आकाँक्षा पुरा गर्नका लागि पार्टी सदनको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा समेत समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले पत्रकार तथा सञ्चारमाध्यमहरुले प्रविधिलाई आत्मसात गर्दै आफ्ना कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय कार्यभार पुरा गर्नका लागि सञ्चार जगतले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले सञ्चार रजिष्ट्रारको कार्यालयमार्फत पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले प्रदेशभित्रका सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको आयोजना समेत गरिएको बताउनुभयो । उहाँले प्रदेशभित्रका सञ्चारमाध्यमलाई कार्यविधि तयार गरी लोककल्याणकारी विज्ञापन दिन सुरु गरिएको बताउनुभयो । कार्यक्रममा सांसद सूर्यमान दोङ, सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्कालगायतले आफ्नो भनाई राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस