पाँचखाल नगरपालिका वडा नं २ का किसानलाई कृषि सामाग्री वितरण गरिएको छ ।
कृषि ज्ञान केन्द्र र पाँचखाल नगरपालिकाको समन्वयमा स्थानीय लक्ष्मीनारायण कृषकसमूह मार्फत ५० प्रतिशत अनुदानमा ५ थान कम्वाईन मिल, ६ थान डिस्क मिल, ५ थान मकै छोडाउने मेसिन, ३ थान पेट्रोलबाट चल्ने पानी तान्ने पम्प सहित ९ थान इलेक्ट्रिक पम्प वितरण गरिएको पाँचखाल नगरका कृषि शाखामा कार्यरत ज्ञानेन्द्र दाहालले जानकारी दिए ।
२५ जना कृषकलाई वितरण गरिएको कार्यक्रममा कृषि ज्ञान केन्द्रको निमित्त प्रमुख उमादेवी श्रेष्ठ, पाँचखाल वडा नं २ का वडा अध्यक्ष रामेश्वर दाहाल, पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख सुदर्शन बोलखे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जानकारी दिईए अनुसार १५ वटा ट्याक्टर वितरण गर्न बाँकी रहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस