नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार तथा अन्य व्यक्तीहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभूवन पौडल तथा एफएम संचालक संचारकर्मी अनिल शाही लगायत मृतकहरुको सम्झनामा चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको हो ।
बनेपाको ४ दोवाटोमा आयोजना भएको प्रज्वलनमा दिंवगत आत्माहरुको चिर शान्तिको कामना गदै दिप प्रज्वलन गरिएको नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले जानकारी दिए ।
प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, बनेपाका नगर पालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्र्मुख चक्रराज जोशी, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, इश्वरी ओझा, मोतिराम तिमल्सिना, सल्लाहकार नवराज बजगाई, पत्रकार महासंघ बागमती प्रदेश सदस्य पेमा लामा, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैद्धार, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख राजेश सिलवाल, प्र्रेस सेन्टरका केन्द्रीय सचिव ग्याम्जो लामा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्र्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर नेपालका काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका अध्यक्ष सन्तोष चौलागाई, फोटो पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष केशबराज पौडेल,आदीवासी जनजाती पत्रकार संघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, काभ्रे रेडियो टेलिभिजन प्रशारक मंचका अध्यक्ष सचित खड्का लगायत जिल्लामा क्रियाशिल पत्रकारहरु तथा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस