बेथानचोक बस दुर्घटना : मृतक मध्ये ७ जना एउटै वडाका (मृतकको नाम सहित)

Post Thumbnail
  • २०७९ मंसिर २८, बुधबार मा प्रकाशित ११ महिना अघि
  • १८९ पाठक संख्या

  • काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

    जिल्ला प्रहरी प्र्रमुख एसपी चक्रराज जोशीका अनुसार मृत्युहुने मध्ये ७ जना एउटै वडाका छन् । जोशीका अनुसार मृत्यु हुनेहरुमा बनेपा नगरपालिका वडा नं ११ का बर्ष ७९ की निर्मला तामाङ, बर्ष ११ का योगेश तामाङ, बर्ष ५० का अंकुर तामाङ, बर्ष ४३ को हेमा तामाङ, बर्ष १० को पुष्कर तामाङ, बर्ष २५ को कोपिला तामाङ, बर्ष ६ को श्रेया तामाङ छन् । त्यस्तै बनेपा १४ का बर्ष ३९ का राजकुमार तामाङ, बर्ष २८ का गिता श्रेष्ठ, मण्डनदेउपुर नपा १ का ३७ बर्षिय जेली तामाङ, धुलिखेल ११ का बर्ष ३० का बुद्ध तामाङ, बेथानचोक ५ का ३२ बर्षिय मञ्जु तामाङ छन् । बस चालक ललितपुर महांकाल ४ घर भई हाल पनौती ४ बस्ने बर्ष २२ को सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ । मृतक मध्ये ४ जनाको नाम नखुलेको प्रहरी प्रमुख जोशीले जानकारी दिए ।

    बस अत्याधिक गतिमा गुडेर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तत्कालै उद्धारमा पुगेका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बस तीव्र गतिमा रहेकोले दुर्घटना भएको थियो । अधिकारीका अनुसार बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।

    बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । बसमा सवार ३९ मध्ये १७ को मृत्यु भएको छ भने बाँकी २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, बिर अस्पताल, न्यूरो असपताल बाँसबारीमा उपचार भैइरहेको प्र्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिईन ।

    घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धारगरेको थियो । उद्धारमा स्थानीय जनप्रतिनिधी र स्थानयिले समेत सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस