बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकाले ले वडा नं. ४ चलाल गणेशस्थान नजिक दुर्घटनामा परी १७ जनाको अकल्पनीय मानवीय क्षती तथा २२ जना घाईते भएकोमा दुःख व्यक्त गर्दै एक दिन शोक बिदा गरेको छ ।
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्वारा बुधबार जारी भएको शोक विज्ञप्तिमा भनिएको छः “बेथानचोक ४ चलाल गणेशस्थान नजिक दुर्घटनामा परि अकल्पनीय मानवीय क्षती हुन गएकोमा हामी मर्माहत छौं । शोकको यस घडीमा सम्पूर्ण दिवंगत आत्माप्रति चीर शान्तिको कामना सहित घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको लागि ईश्वरसंग प्रार्थना गर्दै शोकको यस घडीमा आज मंसिर २८ गते यस गाउँपालिका र अन्तंगतका सरकारी कार्यालय, शिक्षण संस्था तथा अन्य संघसस्थाहरुमा शोक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” यस्तै विज्ञप्तिमा भनिएको छ, “बेथानचोक गाउँपालिका भित्रका सबै निजी व्यवसाय समेत बन्द गरि यस दुःखद घडीमा साथ दिनुहुन समेत अनुरोध गरिन्छ ।”
त्यस्तै बनेपा नगरपालिकाले पनि आज मंसिर २८ गते शोक विदा दिएको छ । नगरको वडा नं ११ र १४ का अधिकाँश स्थानीय दुर्घटनामा परेको भन्दै शोक विदा दिईएको बनेपा नगरपालिकाका पनगरप्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए । नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईद्धारा जारी गरिएको विज्ञप्तीमा बनेपाका ११ र १२ नंका स्थानीय दिवंगत तथा धेरै संख्यामा घाईते समेत भएको दुःद घडीमा दिवंगतहरुको शोकमा एक दिन सेवा बन्द हुने जानकारी गराईएको छ ।
घाइते २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल, वीर अस्पताल, न्यूरो असपताल बाँसबारीमा उपचार भइरहेको छ । बसमा ३९ सवार थिए ।
प्रतिक्रिया दिनुहोस